
भीमफेदी गाउँपालिकाको अनुरोध कोभिड -१९ रोगको रोकथाम र नियन्त्रणको लागि विभिन्न चरणहरुमा खोप अभियानहरु सञ्चालन भैरहेको र खोप अभियानहरुमा धेरै भिडभाड हुने गरेको कारणबाट संक्रमणको जोखिम उच्च हुने तथा अभिलेख प्रतिवेदनमा समेत कठीनाई भएको पाईएकोले आगामी खोप अभियानहरुको योजना तयारी गर्न¸अभियानहरुमा अभिलेख प्रतिवेदन व्यवस्थित गर्न¸खोप अभियान सञ्चालनमा सेवाग्राहीहरुलाई सहजता र सुरक्षीत तवरले खोप उपलब्ध गराउन समेत खोप लिने व्यक्तिहरुको अग्रिम विद्युतीय विवरण प्रविष्ट गर्न अति जरुरी भएकोले खोप लिन बाँकी र ईच्छुक नागरिकहरुलाई अग्रिम विवरण अध्यावधिक गर्नु हुन अनुरोध छ ।
पुनश्च:
• यस अघि कुनै खोप नलिएका ५० वर्ष भन्दा कम उमेरका नागरिकहरुले यथाशक्य चाँडै vaccine.mohp.gov.np मा आफ्नो विवरण अध्यावधिक गर्ने ।
• खोप केन्द्रमा खोप लिन आँउदा सेवाग्राहीले आफ्नो विद्युतीय दर्ता नम्वर अनिवार्य लिएर आउने ।
• निकट भविष्य मै ५० देखि ५४ बर्ष उमेर समुहका नागरिकहरुलाई अनलाईन दर्ता प्रणालीबाट जे.एण्ड जे. खोप लगाईने भएको हुँदा हालको लागि सो उमेर समुहले अग्रिम दर्ता नगर्ने । (सो सम्बन्धमा पछि सूचना हुनेछ )
• उमेर खुल्ने परिचय-पत्र (नागरिकता) अनुसार अनलाईन प्रणालीमा स्व:चालित रुपमा उमेर गणाना हुने भएको हुँदा तोकिएको समयमा तोकिएको उमेर समुह बाहेककाहरुले अनावश्यक दु:ख नगर्ने/नगराउने ।

More Stories
भीमफेदी एक पहिचान
ईलाका प्रहरी कार्यालय भीमफेदीकाे सार्वजनिक सुनवाई स्थगीत