
भीमफेदी
२०७८ अषाढ २७
ऐतिहासिक नगरी मकवानपुर जिल्ला भीमफेदी गाउपालीका मा रहेको १८९४ मा र्निमार्ण उन्नाइस शैया को अप्रेशन सुबिधा समेतको पृथ्बी चन्द्र अस्पताल २०२० साल देखी प्राथमिक स्वास्थ्य केन्द्रमा परीवर्तन भएको हो ।
तत्कालीन राजा पृथ्बी बिरबिक्रम शाहदेब तथा प्रधानमन्त्री चन्द्र शमसेर जबराको नामाकरण बाट सञ्चालनमा आएको अस्पतालमा नेपाली,भारतिय तथा ब्रिटिशका समेत डाक्टर हरु कार्यरत थिए । राणाकालमा बिशेष प्रधानमन्त्री जगं बहादुर राणाको बेलायत भ्रमण पछी बैदेशिक राष्ट्र प्रमुख,कुटनितिज्ञ,बिशेष ब्यक्तीहरु लाइ चन्द्रागीरी,कुलेखानी भीमफेदी हुंदै चितवन अवलोकन तथा शिकारको क्रममा भीमफेदी आवाससिय सेल्टर भएकोले भीमफेदीमा सुबिधा सम्पन्न बिदेशि आतिथ्य फोहरा बङ्गला, आकाशबाणी टेलिफोन,बिजुली,खानेपानी,सञ्चार,यातायात र अस्पतालको समेत बिकाश भइसकेको थियो।
तर देशमा प्रजातन्त्रको लागी टंकप्रसाद आचार्यको अगुवाइमा प्रथम आन्दोलित भीमफेदी नै ओझेलमा पर्यो ।२०३८ सालमा सदरमुकाम हेटौडा सरे पछी त झन भीमफेदी सुनसान नै रह्यो ।
संघिय संरचना पश्चात भने भीमफेदीले कांचुली फेरेको जनताले आभास गर्दै छ। शिक्षा,स्वास्थ्य,कृषि तथा यातायातमा सुधार आएको छ। यसैगरी २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रमा सिमिति रहेको स्वास्थ्य केन्द्र अब यहि आ.ब. ०७८ / ०७९ मा पन्ध्र शैयाको सुबिधा सम्पन्न अस्पताल बन्ने प्रकृया पुरा भएको भीमफेदी गाउपालीका अध्यक्ष हिदम लामाले बताउनु भएको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।