
OLYMPUS DIGITAL CAMERA
२०७८ अषाढ २३
भीमफेदी
मकवानपुर जिल्ला भीमफेदी गाउपालीकामा तत्कालीन राणाकालको अन्त सगै २०१० सालमा स्थापना भएको ज्योति पुस्तकालय बिगत समय देखी सुसुप्त अबस्थामा रहेको पुस्तकालय लाई पुन: परिमार्जीत सहित “ज्योति “ई” लाईब्रेरीको” नाउमा सञ्चालनमा ल्याउने भएको छ।
भीमफेदी गाउपालीकाको सहयोग तथा पुस्तकालय अभीयान समुहको सहकार्यमा उक्त पुस्तकालय सञ्चालनमा आउन लागेको हो।भीमफेदी गाउपालीका वडानं ५ र ६ का स्थानियको एक भेलाले सुरेन्द्र राज थिकेको संयोजकत्वमा सात सदश्य “ज्योति “ई” लाईब्रेरी” तथा ऐतिहासिक फोहरा धारा पार्क सञ्चालन ब्यबस्थापन समिति गठन गरेको छ।समिति सचिबमा मेन्जम लामा तथा कोषाध्यक्षमा जिबन राजबहाक चयन गरेको छ।सदश्यमा जब्बर सिं वाईबा,संजोग वाईबा,मनोज प्रधान र ईश्वरमान श्रेष्ठ लाई मनोनित गरीएको छ।

आर्थिक बर्ष ७८/७९ को आरम्भ संगै “ज्योति “ई” लाईब्रेरीको” श्रावण २ गते शुभारम्भ गरिने तथा हाल अध्यन का लागी पुस्तकालय अभीयान समुह,हेटौडाको सहकार्यमा अध्यन पुस्तक उपलब्ध हुने र भीमफेदी गाउपालीकाको सहयोगमा केहि थान कम्प्युटर, फर्निचर लगायत ब्यबस्थापन “ई” लाईब्रेरी सामग्री उपलब्ध हुने बताईएको छ।
पुस्तकालय दैनीक २०७८ श्रावण महिना बाट सांझ चार बजे देखी छ बजे सम्म संचालनमा आउने तथा “ज्योति “ई” लाईब्रेरी” तथा ऐतिहासिक फोहरा धारा पार्क हाता भित्र निशुल्क ईण्टरनेट सुबिधा हुने संयोजक थिकेले बताउनु भएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।