April 24, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

सचेत नागरीक युवा समुहको कोरोना संक्रमित बिश्राम घर लाई सहयोग।

भीमफेदी

२०७८ अषाढ ४

सचेत नागरिक युवा समुहले सामाजीक अभीयन्ता शिब नारायण श्रेष्ठको अगुवाइमा भिम्फेदी आईसुलेसन को लागी आबश्यक उपकरण सहित खधान्न सहित आबस्यक पानी तताउने ईलेक्तिक जक ,खाने तेल, फलफूल ,अण्डा बितरण गरेको छ।

प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीका प्रमुख डा.सुनिल थापा लाई भिम्फेदीको समाजसेवी मनोज थापा लगायत , सन्जिब श्रेष्ठ ज्यु बाट उक्त सामान हस्तान्तरण गरेको हो।

कार्यक्रममा चेत बहादुर थापा ,सल्लाहकार अनल श्रेष्ठ,प्रमोद लाल श्रेष्ठ,जिबन राजबहाकको उपस्थिति रहेको थीयो।सामाजीक अभीयन्ता शिब नारायण श्रेष्ठ भीमफेदीमा जन्मथलो रहेको र निज भीमफेदीमा सितेरियो करातेका प्रशिक्षक समेत रहेको थीयो।