
भीमफेदी
२०७८ जेष्ठ ३१
केहि दिन यता देखी मकवानपुर जिल्ला भीमफेदि गाउपालीकामा भाइरल फ्लु संक्रमण संगै कोरोना संक्रमीतको पनी संख्या बढि रहेको छ।मिति २०७८ जेष्ठ ३० गते लिएको एण्टिजेन कोरोना परिक्षणमा आठ जना परिक्षण गरेकोमा सातजना पोजेटिभ देखिए पछी अब कोरोना टोल बस्तीमा पुगेको देखीन थालेको छ।
यसै गरी केहि दिन अगाडी मात्र भीमफेदी गाउपालीका वडानं एक किसेडी बलटोलमा गरिएको कोरोना एण्टिजेन कोरोना परिक्षणमा छब्बिस जनाको परिक्षणमा चौध जनाको पोजेटिभ देखिएको थीयो ।

हाल भीमफेदी महेन्द्र माध्यामीक बिधालय कोरोना संक्रमीत बिश्राम घर मा चौधजना कोरोना संक्रमित रहेको छ।कोरोना संक्रमीत बिश्राम घरको ब्यबस्थापनको लागी स्थानिय युवाहरुपनी सक्रियता बढाइ राखेका छन्।यसै क्रममा भीमफेदि गाउपालिका वडानं चारका युवा हरुले युवा सामाजिक अभीयन्ता सागर पाण्डेको अगुवाइमा भीमफेदी कोरोना संक्रमीत बिश्राम घरलाई केही खाधान्न,तथा अन्य सामग्रि सहयोग गरेको छ। यसै गरी भैसे तथा भीमफेदि प्रहरी लाई सेनेटाइजर, मास्क पनी सहयोग गरेको बताइएको छ।

More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।