
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८ जेष्ठ २६
मकवानपुर जिल्ला भीमफेदी गाउपालीकामा आज जेष्ठ २६ गते चार स्थानिय निकायमा कोरोना बिरुध्द लडनसक्ने भ्याक्सिन “भेरोसिल” खोप प्रदान गरीयो। भीमफेदी गाउपालीकाको वडानं १,२,३,४, र ९ नंबर वडामा खोप शिबिर सञ्चालनमा रहेको हो। यसै गरी २७ गते वडानं ५,६,७ र ८ नं वडामा खोप शिबिर सञ्चालनमा आउने सुचना प्रदान गरेको छ।

आजको खोप शिबिरमा लक्ष्य अनुसार सेवाग्राहि उपस्थित नभएको भैसे स्वास्थ्य चौकीका ईञ्चार्ज एलिजा पुडासैनी तथा निबुवाटार स्वास्थ्य चौकि ईञ्चार्ज अन्जु झाले बताउनु भएको छ ।भैसे स्वास्थ्य चौकीको लक्ष्य पैतालीस जना रहेको मा बासाठ्ठी देखी चौसठ्ठिका उमेरका एक्काइस जनाको मात्र सेवा लिन आएको बताए ।यसै गरी निबुवाटार स्वास्थ्य चौकिको लक्ष्य पैतीस जना बासाठ्ठी देखी चौसठ्ठिका उमेरका सेवाग्राही रहेको मा तेर्ह जना मात्र सेवा लिएको बताए ।यसै गरी वडानं १ सानुटार मा दश र वडानं ३ झल्कने मा चार जना,वडानं ९ बाघमारामा १६ जना ले “भेरोसिल” खोप लिएको भीमफेदी स्वास्थ्य संयोजक राम नाम थिं ले जानकारी गराएको छ।

भीमफेदी गाउपालीकाको लागी कुल तिन सय त्रियानब्बे भाइल भ्याक्सीन प्राप्त भएकोमा आज पहिलो दिन चौसठ्ठि भाएल मात्र खपत भयको तथ्याङ्क ले बताएको छ ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।