April 18, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मदन भण्डारी स्पोर्ट्सको खाधान्न,तरुण दलको दुध र रेडक्रसको फलफुल आइसोलेशनको लागी।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी

२०७८ जेष्ट २१

भीमफेदी गाउपालीकाले ब्यबस्थाकन गरेको कोबिद संक्रमण बिश्राम घरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरको सहयोगमा २० कार्टुन पानी, १ कार्टुन तेल, ५ केजी मासु,५ बोरा चामल, १५० पिस बट्टाई चराको अण्डा, ५ केजि नुन, ५ केजि दाल, ५ केजि चिनी, १ केजि मसला,बेसार चियापत्ती सहितका खाद्यान्न सामाग्री प्रदान गरिएको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका सहसचिव अनिल अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामाको विशेष आतिथ्यता र अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य सन्तोष पौडेल, नेकपा एमालेका जिल्ला सदस्य सुनिल लोप्चन , नेकपा एमालेका भीमफेदी कमिटिका सचिब सानू थापा,र मदन भन्डारी स्पोर्ट्स एकेडेमी शिक्षक संघका जिल्ला सचिव नवीन मिश्र, नगर कमिटी अध्यक्ष सबिन मोक्तान, अनेरास्ववियुका भीमफेदी संयोजक राजीब परीयार, मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिमफेदि गा पा कमिटी का अध्यक्ष राचिन डंगोल सचीव बादल सिलुवाल लगायत को उपस्थित रहेको थियो । कार्यक्रम नेपाल स्काउट भीमफेदी संयोजक आशिस अस्लामी मगर ले सञ्चालन गरेको थीयो ।

यसै गरी आइसोलेशनको लागी नेपाली कांग्रेस तरुण दलले दैनीक पांच लिटर दुध र नेपाल रेडक्रस उपशाखा भीमफेदीले दस दिनका लागी फलफुल सहयोग गरेको छ।

हाल भीमफेदी कोरोना संक्रमित बिश्राम घरमा अठार जना संक्रमीत र तिनिहरुका सहयोगी तिन गरी एकाइस जना रहेको उक्त आइसोलेशन मा रहेका स्वास्थकर्मी स्कुल सहयोगी अ.न.मी.नानी कार्कि तथा दिपा गौतम बताउनु हुन्छ।स्वास्थ्य कर्मिका भनाइ अनुसार आइसोलेसन मा सबै किसिमका स्वास्थ्य सुबिधा रहेको तथा पुर्ण सुरक्षित अपनाएको छ। कोबिद परिक्षणमा आएका लाइ परिक्षण गर्दा घरमै आइसोलेट हुन चाहने बिमारी र साथमा आएका सहयोगी एकै साथ जाने भएकोले संक्रमण बढने आशंका रहेको बताए।कोरोना निदान भए पछी तेस्ता बिमारी लाई सुरक्षीत ब्यबस्थापन गरेर लान ल्याउन साबधानि अपनाउनु पर्ने बताएको छ।हाल सम्म पैतालीस जना उपचारमा आएको तथा एक जना रेफरल गरेको र दुई जनाको अवशान भएको बताए ।