
भीमफेदी
२०७८ जेष्ठ १९
भीमफेदी देखी उत्तर चिसापानी गढीमा बडा हाकीम बस्थ्यो । राहदानी अड्डा पनि यहि थियो । त्यसबेला काठमाण्डौ बाट बाहिर जाने तथा भित्रिने यात्रु हरु भीमफेदीको बाटो हुदै जानु पर्दथ्यो । उत्त यात्रुहरुले राहदानी लिएर हिडनु पर्दथ्यो ।राहदानी नभएका हरुलाइ प्रबेश निषेध थियो । तिनीहरुलाइ शंका लागेमा थुनेर कारबाहि पनि गर्दथ्यो ।त्यस बेला यहां सबै किसिमका अड्डाहर थिए ।हाल भीमफेदी सिमलटारमा रहेको मकवानपुरको एक मात्र बन्दि गृह २०२७ सालमा स्थानतरण गरिएको हो ।
समय संगै देश परिवर्तन हुदै संघिय रुपमा परिवर्तित अबस्थामा पनी ऐतिहासिक संरचना हरु आबश्यक रुपमा परिबर्तन हुन सकेको छैन्।भिमफेदी गाउपालिका ध्दापर युग देखी किम्बदन्ती रहेता पनी ,पञ्चायत,लोकतन्त्र र गणतान्त्रिक अबस्थामा पनी पछ्यौटे पन बाट मुक्त भइ नसकेको अबस्थामा सघिय संरचना पश्चात स्थानीय निर्बाचन बाट आंसिक बिकासका कदम भने सह्रानिय अगि बढेको महसुस भएको पाइएको छ।
भीमफेदी गाउपालीकाले एतिहासिक संरचना लाइ पुरानै ढांचामा जिर्णउद्दार गरी नया बनाउन गुरुयोजना तयार गर्दै आएको छ।भीमफेदीको हात्तीसार,भीमसेन मन्दीर,चिसापानि गढि लगायत पुरानो बजार लाइ एतिहासिक सहरिकरण मा बिस्तार गर्न आर्थिक बर्ष ०७८/०७९ को बजेटमा समेत कार्यक्रम प्रबेस गराउन सफल भएको छ।यस कदम लाइ भीमफेदी बासीले खुलेर स्वागत गरेको छ।
भीमफेदी गाउपालीकाले एतिहासिक चिसापानी गढिको संरचना निर्माणकार्यको गुरु योजना तयार गरि सकेको र यसै बर्ष बाट प्रदेश सरकारको ०७७/०७८ अनुदान र गाउपालीकाको ०७७/०७८ को बजेट बाट गुरु योजना अनुसार पहिलो चरणको कार्य रु पांच करोड को लागतमा आधार संरचना निर्माण थालनी गर्ने बताएको छ।पहिलो चरणमा प्रबेश द्दार,सिमा पर्खाल,टिकट घर तथा अन्य संरचना तयार गरिने भएको छ।


More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।