
भीमफेदी
२०७८ जेष्ठ १७
आर्थिक वर्ष २०७८ /०७९ को बजेट तथा कार्यक्रममा पुरानो बजारलाई शहरी पुर्वाधार विकास गरि पुनः जागृत गर्ने कार्यक्रम अन्तर्गत भीमफेदी बजारलाई बजेट तथा कार्यक्रममा समाबेश गरेकोमा बजेट को स्वागत गर्दै भीमफेदीवासी दिप प्रज्वलन गरेको छ।

दिप प्रज्वलनको साथसाथै निति तथा कार्यक्रम र बर्षेनी बजेट बनेका हुन्छन् र बिनियोजीत बजेट लाइ स्थानिय निकायले काम गर्न सकेन र बजेट भीत्र्याउन सकेन भने बिनियोजनको मात्र केहि अर्थ नरहने पनी स्थानियले कार्यान्वयनमा दिप प्रज्वलन बाट दवाब दिएको छ।

भीमफेदि गाउपालीकाका अध्यक्ष हिदम लामाले स्थानिय स्तर बाट दिप प्रज्वलन गरी आर्थिक वर्ष २०७८ /०७९ को बजेट तथा कार्यक्रम लाई स्वागत गरेको मा धन्यबाद ब्यक्त गर्दै स्थानिय स्तर बाट पुरानो बजारलाई शहरी पुर्वाधार विकास गरि पुनः जागृत गर्ने कार्यक्रममा साथ चाहिएको र कार्यान्वयनमा सिङ्गो गाउपालिका ले भीमफेदी बजारलाई बजेट तथा कार्यक्रम लाइ अगाडी बढाउने बताएको छ।

More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।