
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८ जेष्ठ १८
संघीय सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा मकवानपुरका स्थानीय तह हरुलाई सबै प्रकारका अनुदान गरी कुल ४ अर्ब १९ लाख रुपैयाँ प्राप्त भएको छ ।
जस मध्य भीमफेदी गाउपालीका लाइ सबै प्रकारका अनुदान गरी ३३ करोड ६३ लाख परेको छ।विशेष अनुदानतर्फ भने भीमफेदी गाउपालीकाले अनुदान हासिल गर्न बाट बञ्चित भएको छ।त्यस्तै समपुरकअनुदानतर्फ भीमफेदी गाउँपालिकालाई ४ करोड ८ लाख रुपैयाँ परेको छ।समानीकरण अनुदानको रकमबाट स्थानीय तहले आवश्यकताअनुसार खर्च गर्न पाउनेछन् भने सशर्त, विशेष र समपुरक अनुदानको रकम तोकिएको कार्यविधिअनुसार तोकिएको समयमा योजना सम्पन्न हुन नसकेमा संघीय सरकारकै खातामा फिर्ता जाने गर्दछ ।
यो पनी :
भिमफेदी गाउपालिकाले बिगत दुई दिन देखी कोबिद बिबरण प्रकाशित गरेको छैन्।जेष्ठ १५ गतेको बिबरण अनुसार भीमफेदि गाउपालीकामा ८९ जना संक्रमीतमा ५१ जना निको भएको देखाएको छ।हाल १४ जना म मा बि आइसोलेसनमा रहेको र बांकी घरमा नै आइसोलेशन भएको जनाएको छ।
देशै भरी कोरोना समक्रमीत तथ्याङ्क घटेको अबस्थामा आम उपभोक्ता खुकुलो हुन थालेका छन्। आज भीमफेदी स्थानिय बजारमा पनि बिहानै देखी दैनिक उपभोग्य बजार घुइचो देखीयो।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।