
भीमफेदी
२०७८ जेष्ठ १६
सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेका छन् । यो पटकको बजेटले मवकनपुरको सडक, शिक्षा, खानेपानी, उद्योग, सहरीकरण, सुरुङमार्ग, कृषिबजार लगाएको क्षेत्रलाई समेटन सफल भएको छ ।
सरकारले नयाँ सहर निर्माण तथा पुराना सहर पुन: जाग्रीत कार्यक्रमको लागि मकवानपुर पनि छनोटमा परेको छ । बजेट भाषण मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगमी वर्ष सो स्थानमा नयाँ सहर निर्माणको लागि भीमफेदी लाइ बजेट छुट्टाईएको घोषणा गरेको छ ।

एतिहासिक भीमफेदी बिकाशमुख बाट उन्मुख भइ चहल पहल नभएको अबस्थामा गाउ बस्ती बाट बसाइ सराइको तिब्र प्रतिशत उकासेको भीमफेदी लाइ कसरि जन घनत्व बढाउने,शिप मुलक ,आय मुलक जस्ता कार्यक्रम को लागि पुर्बाधार बनाउन गाउ पालिकाले समय समयमा योजना आयोग लगायत बिशिष्ट प्राबधिक लगायत ब्यक्ति हरुको अवलोकन भ्रमणको उपलब्धि रहेको भीमफेदी बासीले बजेट लाइ महसुस गरी स्वागत गरेको छ। यसै गरी भीमफेदी गाउ पालीका अध्यक्ष हिदम लामाले आफ्नो सामाजीक सञ्जाल मार्फत “पुरानो बजारलाई शहरी पुर्वाधार विकास गरि पुनः जागृत गर्ने कार्यक्रम अन्तर्गत भीमफेदी बजारलाई आर्थिक वर्ष २०७८ /०७९ को बजेट तथा कार्यक्रममा समाबेश गरेकोमा नेपाल सरकार र अर्थमन्त्रीज्युलाई हार्दिक आभार ” ब्यक्त गरेको छ।


More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।