
भीमफेदी
२०७८ जेष्ठ १२
भीमफेदी गाउपालीका द्दारा सञ्चालनमा ल्याएको महेन्द्र माध्यामिक बिधालय कोबिद आइसोलेसन को लागी एमेक्स डेल नामक स्पेनको संस्थाले रोटरी क्लब अफ कान्तीपुर संस्था मार्फत आबश्यक स्वास्थ्य सामग्री सहयोग हुने बताइएको छ।
स्पेनीश नागरीक मोनिका सान्सडुरान्स ले भीमफेदी गाउ पालीका स्वास्थ्य समयोजक रामनाम थिं संग भीमफेदीमा रहेको कोबिद आइसोलेशनको बस्तुगत जानकारिका साथ उक्त आइसोलेशनको लागी आबश्यक स्वास्थ्य सामग्रीको बिबरण माग गरेको र भीमफेदी कोबिद आइसोलेशनको बैठक पश्चात निर्णय सहित सामग्रिको बिबरण उपलब्ध गराउने प्रक्रीया भइसकेको थिं ले भिमफेदि खबर लाई बताएको छ ।
हाल सम्म मकवानपुर जिल्लामा दोश्रो कोबिद लहरमा कोबिद परिक्षणमा भीमफेदि गाउपालीकाको समक्रमीत संख्या ७६ जना रहेको र हाल भिमफेदि आइसोलेशनमा १९ जना आइसोलेट रहेको तथा मिति २०७८ जेष्ठ ११ गते ८५ बर्षिय महिलाको निधन भएको जनाएको छ।
भीमफेदी गाउपालीका दलित महिला सदश्य सरीता परियारका अनुसार गाउपालीका को पुर्ण आंकडा गर्दा संक्रमीत संख्या भयाबह भइसकेको तर खुलेर परीक्षणमा नआउदा यस्ले बिकराल रुप लिन सक्ने चिन्ता ब्यक्त गरेको छ।
कोबिद संक्रमणको अबस्थालाइ मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेष्ट २० गते सम्मको लागी लकडाउन लम्ब्याइ सकेको छ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।