
भीमफेदी
२०७८ जेष्ठ ९
मकवानपुर जिल्ला भीमफेदी गाउपालीका वडानं २ भैसेका ८४ वर्ष हुनु भएका एकुमायाँ थापाले कोभिड लाई ९ दिन पछि परास्त गरेका छन् । ८४ वर्ष हुनु भएका एकुमायाँ थापा भीमफेदी को आईसोलेशन वाट आज घर फर्कनु भएको छ । भीमफेदेी गाउपालीकाका अध्यक्ष हिदम लामाले सामाजीक सञ्जाल बाट हार्दिक बधाई ब्यक्त गरेका छन् । गाउ पालिकाका आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मी र अन्य सहयोगीहरुलाई धन्यबाद ब्यक्त गरेको छ। हाल भीमफेदी आइसोलेशनमा १६ जना संक्रमितहरु छन् । थपिने क्रम जारी छ । गाउपालीका जन स्तर बाट वडा वडामा भएका संक्रमीतको जानकारी तथा आइसोलेशनको दैनीक प्रतिबेदन प्रकाशित हुनु पर्ने बताएको छ।
मिति २०७८ जेष्ठ ७ गते परिक्षण गरेको एण्टिजेन र पि सि आर को नतिजा अनुसार भीमफेदी गाउपालीका वडानं ९ मा आठ जना र अन्य वडामा तिन जना गरी एघार जना संक्रमित भएको बताइएको छ ।


More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।