
उपाध्यक्ष पार्वती राना
भीमफेदी
२०७८ बैशाख २७
मकवानपुरको भीमफेदी गाउँपालिकाले कृषकहरुलाई व्यावसायिक बाख्रा पालनमा आकर्षित गराउन थालेको छ । पालिका भित्रका किसानहरुलाई व्यवसायीक बाख्रा पालन गराउने उद्देश्यले उन्नत जातका बोका वितरण गरिएको हो ।
गाउँपालिकाले गाउँपालिका भित्र ५० प्रतिशतको २७ वटा ,७५ प्रतिशतको ९ वटा र ८७.५ प्रतिशत ८ वटा गरि ४४ वटा उन्नत जातको बोयर क्र्स बोका बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाले बताउनु भयो ।
बोयर जातका बोका वितरण गर्दै उपाध्यक्ष पार्बती रानाले प्राप्त बोकाको पालनपोषणमा ख्याल गर्दै ब्यावसायी बन्न सुझाव दिनु भयो। उन्नत जातको बाख्राको विकास गर्न बोयर जातको बोका उपलब्ध गराइएको बताउदै उहाँले सहज र सर्वसुलभ शुल्कमा सेवा प्रवाह गर्न आग्रह गर्नु भयो ।

रानाले कोभिडको समयमा पनि सामाजिक दुरि कायम गरि उन्नत जातको बोयर जातका ६५ प्रतिशत अनुदानमा १० वटा बितरण गरेको बताउनु भयो ।
किसानलाई ब्यवसायिक बाख्रा पालनमा प्रोत्साहित गर्न र जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन यस्ता खाले कार्यक्रम अघि बढाईएको पशु सेवा शाखा प्रमुख बिमल ढुङ्गाना ले बताउनु भयो ।
गाउँपालिका भित्र स्थानीय जातको B नश्ल सुधार गर्दै उत्पादन तथा आय आर्जन बृद्दी गर्ने उदेश्य समेत रहेको उहाँको भनाइ रहेको थियो ।
कार्यक्रम गाउँपालिकाको आर्थिक बिकास समितिको संयोजक एवम् ६ नम्बर वडा अध्यक्ष सिताराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन कुवर ,५ नम्बर वडा अध्यक्ष जाहार सिं लामा लगायतको उपस्थित रहेको थियो ।
More Stories
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क बिस्तार कार्य किन शिथिल।