
भीमफेदी
२०७८ बैशाख २६
भीमफेदी गाउँ पालीका ले बितरण गरिएको समजिक सुरक्षा भत्ता वितरण प्रक्रिया मा आबश्यक ब्यबस्थापन गर्न नसकेकोमा सेवाग्राही ले आक्रोश व्यक्त गरेका छन्।
मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालीका मा समेत कोरोना संक्रमण दर बृद्धि भएको अवस्थामा जेष्ठ नागरिक, शारीरिक असक्त,एकल महिला को ठूलो संख्यामा उपस्थित हुंदा बैङ्क ले ब्यबस्थापन गर्न समस्या रहेको सेन्चुरी बैङ्क प्रमुख ले बताउनु भएको छ। एकै दिन एकै समयमा निशेधाज्ञा बिच दुइटा वडा कोगटे ७ नं वडा र निबुवाटार ४ नं वडाको सामजिक सुरक्षा भत्ता बितरण गर्दा भिड बढेको सेवाग्राही बताउनुभयो।
निशेधाज्ञा बिच यातायात साधन उपलब्ध नहुने दुख: कष्ट भोगेर सुरक्षा अपनाएर आएतापनि बैंक मा ब्यबस्थापन नहुँदा दुरि कायम नहुंदा कोरोना संक्रमण हुने ठुलो संभाबन देखेको छ। अशक्तता रहेका ८० बर्षको बृद्दालाई डोकोमा बोकेर आएका एक सेवाग्राही ले तेस्ता असक्त हरु को संरक्षक लाई रकम बुझ्न सहजता अपनाउन पर्ने बताएका छन्।
तिन पटक बैङ्क ले संरक्षक को सिफारिस ल्याउन अनुरोध गर्दा पनि वडा कार्यालय ले सिफारिस नदिदा समस्या भोग्नु परेको बताएका छन्।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।