
भीमफेदी
२०७८ बैशाख २६
मकवानपुर जिल्ला भीमफेदी गाउपालीकामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा बाह्र जनाको कोबिद १९ एण्टिजिन परिक्षणमा एक जनाको पोजेटिभ र अन्य एघार जनाको नेगेटिभ रहेको हो।यसै गरी जिल्ला बाट प्राप्त जानकारी अनुसार थप तिन जनामा कोरोना संक्रमण पुष्ट्याइ भएको छ। कोबिद १९ एण्टिजिन परिक्षण बाट वडानं ६ का एक जना र जिल्ला बाट पि सि आर परिक्षण मा वडानं ३,४ र ६ नं गरी एक एक जना संक्रमित जानकारी भएको हो।

प्राथमीक स्वास्थ्य केन्द्रको प्राबधिक कर्मचारी मा कोरोना पोजेटिभ देखिए पश्चात निज सग ससर्ग मा आएका अन्य दश कर्मचारीमा संक्रमित को आशंकामा गरीएको कोबिद १९ एण्टिजिन कोरोना परीक्षणमा भने अन्य कुनै पनी कर्मचारीमा सक्रमण पुष्ट्याइ नभएको गाउपालीका स्वास्थ्य समयोजक रामनाम थिङ्गले बताउनु भएको छ । थप एकजनाको परीक्षण वडानं ६ का संक्रमीतका परिवारमा गरिएको नतिजा नेगेटिभ रहेको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।