
भीमफेदी
२०७८ बैशाख २६
भीमफेदी गाउंपालीका वडानं ५ र ६ लाइ नाइन प्वाइण्ट भ्यु बनाउने कार्यपत्र बिगत पांच बर्ष देखी तत्कालीन जिल्ला बिकास समित , पर्यटन बिकास बोर्ड हुदै गाउं बिकास समितिमा बर्षेनी छलफल चल्दै आएतापनी हाल सम्म बिस्तृत योजना बन्न सकेको छैन।
आवश्यक अनुसर सिमल्टार बाट धुसेनीको बाटो भएर धुन्द्रुखोला ज्यामिरे ओडार घोडेटो बाटो सहज गराउनु पर्छ । ज्यामिरे ओडार मा ओडार भीत्र बिजुली ब्यबस्थापन गर्नु पर्छ । त्यहां बाट माथ्थिल्लो ज्यामिरे भोलुङ्गे पुल घोडेटो बाटो सहज गराउनु पर्छ ।
ज्यामिरेमा परम्परागत मगर नाच ,सरस्वती नाच को अवधारणा बनाइ स्वागत टोली गठन हुनु पर्छ । ज्यामिरे भोलुङ्गे पुलमा रेसोर्ट सहित मिनि बन्जी जम्प क्याम्प बनाउनु पर्छ । ज्यामिरे भोलुङ्गपुल बाट सुपिङ्ग घोडेटो बाटो बनाउनु पर्छ ।
सुपिङ्गमा परम्परागत खैचडी भजन लाइ बिकास गर्नु पर्छ ।खैचडि भजन ले पर्यटक लाइ आकर्सित बनाइ स्वागत कार्यक्रम तय गर्नु पर्छ ।सुपिङ्ग बाट मठान हुदै दमार झर्ने घोडेटो बाटो बनाउनु पर्छ ।दमार बाराहि मन्दिरमा बगैचा र्निमाण गरी चिया चमेना गृह र्निमाण हुनु पर्छ । त्यहा खुल्ला खोलामा रीभर बाथ सावर स्टे बनाउनु पर्छ । दमार गुम्बा लाइ आकर्षन बनाउन पर्छ ।उक्त अवलोकन गरी छबेली रीक्चेन गुम्बा अवलोकन को लागी आबस्यक पुर्वाधार बनाउनु पर्छ ।सिंढि र्निमाण गर्नु पर्छ , रीक्चेन गुम्बा क्षेत्रफलमा रेसोर्ट र्निमाण गर्नु पर्छ ।
सोहि बाटो भएर ऐतिहासिक हात्तीसार मत्स्य प्रदर्शन कक्ष तथा ऐतिहासिक हात्ती हौदा लाइ बिस्तार गरी ब्यबस्थित बनाउनु पर्छ ।त्यहा पानीको श्रोत ब्यबस्था गरी २ वटा माछा पोखरी र्निमार्ण गर्नु पर्छ । त्यहां फिसिङ्ग योजना बनाउनु पर्छ ।ऐतिहासिक भीमफेदी नाामङ्करण भीमसेन मन्दिर संरक्षण र आकाशे धारा लाइ पुरानो परम्परागत ल्याउनु पर्छ ।त्यस ठाउं बाट चिसापानी गढि पुगने घोडेटो बाटो र्निमाण गर्नु पर्छ ।
र्निमाणधिन सिढिं जुन पुरातात्वीक बाट पहल भएको छ तर रोकएिको काम लाइ निरन्तरता को पहल हुनु पर्छ ।ति सबै बाटोमा तिन वटा बिकल्प मा हिडन सकिनछ ,१ हाइकिङ्ग,२ राइडिङ्ग,३ ट्रेकिङ्ग साथमा सबै ठाउमा मोटर बाटो बाट जान अहिले नै संम्भब छ ।सो किसिमको योजना समाज सुरेन्द्र राज थीकेले गाउंपालीकामा समेत प्रस्ताबित गरी सकेको बताउनु भएको छ ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।