
भीमफेदी
२०७८ बैशाख २५
मकवानपुर जिल्लामा कोरोना संक्रमण फैलिरहेको अबस्थामा भीमफेदी गाउपालीका पनि अछुत रहन सकेन। बैशाख २३ गते भन्दा पहिले चार जना र बैशाख २३ पछाडी बाह्र जना गरी सोह्रजना लाई संक्रमित भइ सकेको छ।
संक्रमित क्षेत्र भीमफेदी गाउपालीका वडानं ९ वडा अध्यक्ष प्रकाश पुडासैनी हाल आफ्नो वडामा सक्रमीत बिमारी हरु लाई घरमै आइसोलेशन ब्यबस्था गरी सुरक्षीत अपनाई रहेको बताईएको छ।
अध्यक्ष पुडासैनिका अनुसार हाल संक्रमीत बिमारी हरु को स्वास्थ्य सामान्य रहेको तथा एक जनामा स्वास्थ्य समस्या रहेकोले जिल्ला अस्पताल पठाउने तयारी रहेको बताइएको छ।
संक्रमित बिमारि हरुलाई तातो पानी बाफ लिन तथा सामुदाईक स्वास्थ्य ईकाईमा समन्वय गरी आबस्यक औषधि उपचारको समेत ब्यबस्था मिलाईएको बताईएको छ।
आबश्यक पर्दा शुलभ तरीकाले एम्बुलेन्स उपलब्ध नहुने भएकोले गाउमा रहेको अटो लाई प्रयोगमा ल्याइने बताइएको छ।संक्रमित बाट अरुलाई नसरोस भन्नको लागी सचेतनाको साथै मास्क, र साबुन,सेनेटाइजरको ब्यबस्था गरीएको बताइएको छ
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।