April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भिमफेदी गाउँपालिका वडा नं. ९ का महिला ५ जना पुरुष ७ जना लाई कोरोना संक्रमण।

भीमफेदी

२०७८/०१/२३

आज कैलाश गाउँपालिका वडा नं. ९ नामटार, वडा नं. १० भालटार, र साबिक नामटार गाबिस हाल भिमफेदी गाउँपालिका वडा नं. ९ का गरि कोभिड-१९ को लक्षणको आधारमा ७५ जना लाई Antigen test गर्दा ८ वर्ष देखि ८३ वर्ष उमेर समुहका ३५ जनामा Positive देखा परेको छ ।

भिमफेदी गाउँपालिका वडा नं. ९ का महिला ५ जना पुरुष ७ जना, कैलाश गाउँपालिका वडा नं. ९ का महिला ७ जना पुरुष १४ जना र कैलाश गाउँपालिका वडा नं. १० का पुरुष २ गरि जम्मा ३५ जनामा संक्रमण देखा परेको छ । हाल उहाँहरु सवैको स्वास्थ स्थिति सामन्य रहेको छ ।


यस मध्ये स्वास्थकर्मी ९ जना र सुरक्षाकर्मी ६ जना गरि १५ जनाको टेस्ट गरिएकोमा सबैको नेगेटिभ देखा परेको थियो । संक्रमित सबैलाई कैलाश गाउँपालिकाले माक्स र सेनिटाईजर वितरण गरिएको छ। संक्रमित सबेेैलाई स्वास्थकर्मीको सम्पर्कमा रहिरहन र स्वास्थकर्मीलाई संक्रमित सबैको अवस्था बारे जानकारी राखिराख्न र आवश्यक सल्लाह सुझाव दिई सहयोग पुर्याउन विशेष अनुरोध गरेको छ ।