
भीमफेदी
२०७८ बैशाख २४
भीमफेदी गाउँ पालीका मा निशेधाज्ञा को फाईदा उठाउदै बजार मा कृतिम अभाव श्रृजना गर्ने तथा मुल्य बृद्धि कालो बजारी अबस्था श्रृजना हुन नदिन गाउँ पालीका उपाध्यक्ष पार्वती रानाको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरेको छ।
कोरोना संक्रमण तिब्र बढ्दै गएको र संक्रमण बढ्न नदिन प्रशासनले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका,मनहरी र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा लगाएको छ ।
निषेधाज्ञा बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना हुने गुनासो बढेपछि अनुगमनको क्रममा ब्यक्ति, समुह, ब्यवसायीहरुले उपभोक्ताको हित बिपरिद कुनै कार्य गरेको पाईएमा प्रचलिन कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
साथै, उपभोक्ताहरुलाई कुनै सुचना, गुनासो, जानकारी भएमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको आधिकारी इमेल, फेसबुक, सुचना अधिकारीसंग सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।