
भीमफेदी
२०७८ बैशाख २१
मकवानपुर जिल्लामा हाल कोबिद भेरीयण्टको सक्रमण उच्च दरले बढदै गएको अबस्था रहेता पनी भीमफेदी गाउपालीकामा हाल सम्म सात जना मात्र संख्या पुगेको अबस्थामा भाबि दिनमा आउन सक्ने अबस्था लाई ध्यानमा राख्दै तत्काल आबश्यक सुबिधा सहितको आइसोलेशन निर्माण गर्न निर्देशन गरेको छ।
आज बसेको बिपद ब्यबस्थापन समितिको बैठकमा भीमफेदी गाउकपालीका छ नं वडा अध्यक्ष सिताराम थापाको संयोजकत्वमा प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मे अ डा. सुनिल थापा र गाउपालीका स्वास्थ्य संयोजक रामनाम थिंगको उपसमिति लाई सम्पुर्ण ब्यबस्थापनको अधिकार सहित महेन्द्र माध्यामिक बिधालयमा आइसोलेशन बनाउन निर्णय गरेको छ।
आजकै बैठकले मिति २०७८ बैशाख २० गते बाट आरम्भ भएको भीमफेदी गाउपालीकाको लकडाउन लाइ प्रभाबकारी बनाउन बिकास निर्माणमा आबस्यक माल धुवानी सवारी साधन बाहेक अन्य कुनै सवारी साधन लाई अनुमती पत्र बाहेक सञ्चालनमा कडाई गर्न तथा जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको समय बाहिर सम्पुर्ण बजार ब्यबशाय बन्द गर्न ईलाका प्रहरी कार्यालय लाइ अनुरोध गरेको छ।
लकडाउन अवधिमा स्थानिय सेवा प्रदायक कार्यालयले भने स्वास्थ्य सुरक्षा अपनाई सेवा दिने निर्णय गरेको छ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।