
भीमफेदी २०७८ बैशाख २०
भीमफेदी खबर संबादाता:https://www.bhimphedicablenetwork.com.np/
मकवानपुर जिल्ला भीमफेदी पारीबजार निवासि द्दारीका मानन्धरका सुपुत्र समिर मानन्धर ले भीमफेदी भीमसेन मन्दिर संरक्षण तथा ब्यबस्थापन समिति लाई रु पाच लाख रकम अक्षयकोष स्थापनाको लागी प्रदान गरेको समितिका संयोजक इश्वरमान श्रेष्ठले बताउनु भएको छ। बिगत कयौं बर्ष देखी द्दारीका मानन्धरका नाममा रहेको दुई रोपनी जग्गा को आयस्ता बाट भीमसेन मन्दिरमा क्षेमा पुजा संचालन गरेको जग्गा २०७१ सालमा समिर मानन्धरको नाउमा पुर्जा बने पछी उक्त जग्गा हाल बिक्रि गरेकोले बिक्रि रकम बाट भीमसेन मन्दिर संरक्षण समिति भीमफेदी लाई रु पांच लाख अक्षयकोष सहयोगार्थ गरेको बताएको छ। उक्त जग्गा हालको रकममा रु अस्सि लाख रहेको संबन्धित पक्षले जनाएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।