
२०७८ बैशाख २०
भीमफेदी
भीमफेदी खबर संबाददाता:
जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्लाले गरेको लकडाउन भीमफेदी गाउपालीकामा पुर्ण रुपमा लागु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
आज बिहान नौ बजे सम्म दैनिक आबश्यक उपभोग्य पसल ,दुध बितरण,तरकारी पसल खुल्ला भएता पनि नौ बजे पश्चात बजार पुर्णतया बन्द भएको छ।औषधि पसल भने खुल्ला रहेको छ।
इलाका प्रहरी कार्यालय भीमफेदिको प्र.नि. सुरेन्द्र श्रेष्ठको कमाण्डमा पत्रकार सहितको टोलि ले बजार अनुगमन गरेको थीयो।जिल्ला प्रशसन कार्यालयले अताबश्यक पसल बिहान पांच बजे बाट नौ बजे सम्म खोल्ने जानकारी गरेको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।