
भीमफेदी
२०७८ बैशाख १८
कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण जोखिमलाई जिल्ला प्रशासन कार्यय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको बैठकले गर्दै लकडाउनको घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको बैठकले जिल्लामा लकडाउन गर्ने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिका भित्र लकडाउन हुने छ । उनका अनुसार लकडाउन गरिएको क्षेत्रमा अत्यावश्यक बाहेक आफु बसेको घरबाट बाहिर निस्कन पाईने छैन् । बैठक जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको थियो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।