


भीमफेदी
,२०७८ बैशाख १९
आज राति १२ बजेबाट बैशाख ३१ गते राति १२ बजेसम्म मकवानपुरको १० स्थानीय तहमध्ये ४ स्थानीय तहमा निषेधाज्ञा जारी हुँदै छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५/५ सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।
शनिबार जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेके कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
१. औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा
जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाइने ।
२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल बिहान ५:०० वजेदेखि विहान ९:०० बजेसम्म मात्र खोल्न पाइने,औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।