December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भिमफेदी गाउपालिका–१ स्थित सानुटारमा गाडी दुर्घटना।

भीमफेदी

२०७८ बैशाख १८

मकवानपुर भिमफेदी गाउपालिका वडानं १ स्थित सानुटारमा शनिबार करिब ३ बज गाडी नालामा खसी एक जना घाइते भएका छन् । करिब ३ बजेको समयमा भिमफेदीबाट हेटौंडा तर्फ आउने क्रममा ना ३ ख ५७९ नम्बरको गाडी अटोलाइ साइड दिने क्रममा अनियन्त्रीत भइ नालामा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

हेटौंडा–१९ बस्ने वर्ष ३१ सङकर बलको टाउँकोमा गम्भीर चोट लागेको छ । घाइते बललाइ उपचारको लागि हेटौंडा अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको ।