बैशाखको २० गते (सोमबार) बिहानबाट लकडाउन हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यनजर गर्दै लकडाउनको घोषणा गरिएको हो ।
केहिबेर अघि जिल्ला प्रशासन कार्यय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको बैठकले जिल्लामा लकडाउन गर्ने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिका भित्र लकडाउन हुने छ । उनका अनुसार लकडाउन गरिएको क्षेत्रमा अत्यावश्यक बाहेक आफु बसेको घरबाट बाहिर निस्कन पाईने छैन् । बैठक जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको थियो ।
More Stories
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क बिस्तार कार्य किन शिथिल।