March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

ब्यबस्थित यातायात पार्क नहुंदा दुर्घटनाकाे ठुलाे जाेखीम।

ब्यबस्थित यातायात पार्क नहुंदा दुर्घटनाकाे ठुलाे जाेखीम।

भीमफेदी गाउंपालीका केन्द्र भीमफेदी बजारमा यातायात ब्यबस्थित पार्ककाे निर्माण नहुंदा ठुलाे दुर्घटना हुने भीमफेदी बजार केन्द्र गणेशस्थान चाैकका स्थानियले सचेत गराएकाे छ। बिगत परापुर्ब काल देखि यातायात साधन विश्राम स्थल तेहि गणेशस्थान चाैक भएकाे भएता पनि पैतिस बर्ष अगाडि जम्मा दुई तीन थान सवारी साधन र दैनिक तीन समय मात्र सञ्चालन अबस्थामा निकै सहज भएता पनि हाल प्रत्यक घण्टा मा दैनिक बस तथा अटाे टेम्पौ सञ्चालनमा रहेकाे र दैनिक सातसय भन्दा बढि साना मझौला जिप र हजाराैं माेटर साईकल आवत जावत गर्दा बाटाे सांघुराे र घुम्तीमा बस तथा अटाे टेम्पौ विश्राम स्थल कायम रहंदा यसलाई अन्यत्र ब्यबस्थापन गर्न अति आबश्यक देखीएकाे छ। हुन त ब्यबस्थानै यस्ताे भएकाे छ कि कुनै ठुलाे जाेखिम नभए सम्म संबंधित निकाएकाे ध्यान नै नजाने र कुनै जन सराेकार बिषय अगाडि नबढने परम्परा नै बसि सकेकाे राज्यले कुनै सुनवाई नगरेकाे एक स्थानिय बताउछन्। बिगत स्थानिय निर्वाचनमा घाेषणा पत्रमानै ब्यबस्थित पार्ककाे ऐजेण्डा उठाएकै पार्टीको वडा अध्यक्ष रहेता पनि समय समयमा पार्ककाे कुरा उठछ तर तेसै सेलाएर जान्छ भन्दै सडक सागुराे र दैनिक हरेक समय दुई बस र पाच सात वटा सम्म टेम्पौ लाईन बस्दा बटुवा समेत हिडन कठिनाई भएकाे स्थानियकाे भनाई रहेकाे छ। यस बिषय लाई गम्भीरता का साथ लिई आबश्यक याेजना सञ्चालन गर्न अति जरूरी देखिन्छ ।

२०७७ कार्तिक १ भीमफेदी

112Dhruba Lamichhane Dpl, Sunil Kumar Jha and 110 others7 Comments3 SharesLikeCommentShare