
भिमफेदी गाउँपालिका ऐतिहासिक सेठघर हात्तीसार को नयां रूप लिँदै ।
२०७७/०३/२९
भीमफेदी
मकवानपुर जिल्लाभिमफेदी गाउँपालिका वडा नम्बर ६ सेठघर हात्तीसार ले पहिचान भएको हात्तीसार संग्रहालय तथा मत्स्य प्रदर्शन कक्ष को रूप परिवर्तन हुँदैछ।
बागमती प्रदेश सरकार को पर्यटन क्षेत्र विकास अन्तर्गत राणाकालीन हात्तीसार हात्ती सार संग्रहालय तथा मत्स्य प्रदर्शन कक्ष पुनर्निर्माण कार्य थालिएको हो।
उक्त स्थलमा करिब ३५ रोपनी जग्गा लाई पक्की पर्खाल लगाउने कार्य सँगसँगै मनोरम मैत्री बगैंचा स्थलको रुपमा निर्माण कार्य थालिने भईरहेकोछ।
हाल उक्त हात्तिसार स्थलमा वन कार्यालयको कार्यालय स्थापना गरिएको छ भनेदेखि उक्त स्थलको व्यक्तिले प्रयोग गरिएका सम्पूर्ण जग्गाहरु वन कार्यालय मातहतमा ल्याएर अहिले सम्पूर्ण घेराबार लगाएर विकास निर्माणको थालनि गरिएको बताइएको छ।
उक्त हात्तीसारमा राणाकालीन हात्तीका हौदाहरु बेलायती महारानी द्वितिय एलिजावेथले प्रयोग गरेको हौदा र थुप्रै ऐतिहासिक सामग्रीहरु रहेको छ जसलाई मर्मतसम्भार पछि संग्रहालयको रुपमा परिवर्तन गर्ने योजना रहेको छ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,