
बिकट गाउंमा बत्ति पुर्याउन सकृय ,भीमफेदी गाउं पालीका सफल।
भीमफेदी
२०७७ श्रावण १२
भीमफेदी गाउपालिकाले भीमफेदी गाउंपालिकाको अति बिकट गाउँ ईपा टोडके लगायत महाभिर धारकेमा एकसय चार घर धुरीमा बिधुत जडान सहित बिजुलि प्रवाह गर्न सफल भएको छ।
गाउपालिकाको रू तीस लाख लगानी बाट रू चार करोड बराबर को श्रोत जुटाई बिधुत बिस्तार कार्य सम्पन्न गरेको अध्यक्ष हिदम लामाले बताउनु भएको छ।
यसै बर्ष गाउपालिकाको सकृयतामा रू एक करोड अस्सि लाखमा टोडके बाट स्वांरा सम्म सडक निर्माण कार्य बिस्तारित कार्य योजना थालेको छ।भीमफेदी कोगटोटोडके सम्म सडक निर्माण सम्पन्न भई सकेको छ।
भीमफेदि गाउपालिका वडानं ८ महिला सदश्य सीता थिंगको अध्यक्षतामा आयोजना भएको बिधुत प्रज्वलन उदघाटनमा गाउपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्य रहेको थीयो ।
कार्यक्रममा योजना शाखा प्रमुख बद्रि सापकोटा,बाबा लाईमका मातृका धिताल,५ नं वडा अध्यक्ष जहार सिं लामा,सदश्य तिलक रेग्मी ,म मा बि समिति अध्यक्ष रेशम लामा ,र संचारकर्मी हरूको उपस्थित रहेको थियो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।