
ईच्छाशक्ति भएमा के सम्भब छैन् ,उदाहरणीय भएका छन ज्यालटार निबासि” । अध्यक्ष :हिदम लामा
भीमफेदी
२०७७ श्रावण११
भीमफेदी गाउपालकाको कार्य योजना तथा राडो नेपालको प्राबधिक सहयोगमा भीमफेदी गाउपालिकाको रू पच्चिस लाख लागत बाट वडानं तीन र चार जोडिने ज्यालटारमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
शिलान्यास भएको मितिले एकचालिसै दिनमा निर्माण सम्पन्न भएको यो पुल आज उद्घाटन पश्चात् यसै संग रहेको तुईन भने बिस्थापन भएको छ।नेकपाको सरकार गठन भएकै अवसरमा सम्माननिय प्रधानमन्त्रीले देशै भरबाट तुईन बिस्थापन गर्ने घोषणा संगै आज बाट थप एउटा तुइन बिस्थापन सफल भएको गाउंपालिका अध्यक्ष हिदम लामाले बताउनु भएको छ।
२० जेष्ठ २०७७ मा शिलान्यास भएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई आज ११ श्रावण २०७७मा गाउपालिका अध्यक्ष हिदम लामा बाट उद्घाटन गरिएको हो।
उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि अध्यक्ष लामाले “ईच्छाशक्ति भएमा के सम्भब छैन् र उदाहरणीय भएका छन् ज्यालटार बासि भन्दै पुल निर्माणमा आआफ्नो ठाउँबाट योगदान पुर्याउनु भएका निर्माण उपभोक्ता ,प्राबधिक र सहयोगि संस्थालाई धन्यबाद ब्यक्त गरेको थीयो।मन्तब्यकै क्रममा “प्रचण्ड गर्मिमा सिरक ओडेर दिउसै सुत्ने ,अनि जनप्रतिनिधिले बिकास गरेन भनेर बेसुरमा बोल्ने प्रतिकृया बादि हरूलाई ज्यालटारमा आएर बुझ्न” पनि सुझाउन भयो ।
कार्यक्रममा विशेष आतिथ्य पालिका उपाध्यक्ष पार्बती राना,कार्यकारी प्रमुख जीवन कुंवर,योजना शाखा प्रमुख बद्रि सापकोटा,प्राबधिक ईञ्जिनियर नवीन यादब तथा राडो नेपाल कार्यक्रम संयाेजक बिष्णु धिताल लगायत वडा अध्यक्ष ,निर्बाचित पदाधिकारी को उपस्थिति रहेको थियो।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।