April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

जन स्तर बाट गाउपालीका लाई गुहार्यो,अब के गर्छ गाउपालीका।

फाईलफोटो


२०७७ अषाढ २६
बिकासको नाउमा कुनै बिस्तृत बैज्ञानिक पुर्बाधार योजना बिहिन गाउँ का डांडा पखेरी जनप्रतिनिधिकै ठुला ठुला एक्साभेटर,जे सि बि प्रयोजनार्थ कच्चा सडक ढलबिहिन ,पानी निकासा रहित, कजवे,नाली संरचनाको तयारी बिना जता ततै बिरालाको नङ्ग्राले कोतरेझै पाखा कोतरेर तयार गरेका बाटाले सुबिस्ता संग तीन महिना हिंउदमा कष्ट बिर्से जस्तो भएनी अब को दिन डरलाग्दो बिनासकारी अबस्थालाई मनन गर्न थालेको छ ।
यस्तै भीमफेदी गाउंपालिका वडानं ५ निवासि जगत मोक्तानले बिगत बर्षको जानलेवा भयङ्कर एकै घरका तीन सदश्यको हृदयबिदारक पहिरो बाट भएको मृत्युबरण र गत बर्ष मात्र परेको जनधन काे क्षति र बाढि पहिरोको बिकराल दृश्यलाई संम्झदै आफ्नो समाजिक सञ्जाल मार्फत गाउपालिका भीमफेदी लाई संबोधन गरेको छ।
“हामी सबैलाई थाहा छ,भिमफेदी गा.पा.५ दमारका लगभग १८/२० घरधुरी हरेक बर्ष बाढि र पहिरोको जोखिमका कारण भयावित भएर घर छोडेर भाग्नुपर्ने अवस्था सिर्जना हुन्छ। अघिल्लो बर्ष पनि बाढि र पहिरोको जोखिमका कारण स्काभेटरको बगेटमा बसि खोला तरेर रातारात भिमफेदीको हात्तीसारमा पुगेको कुरा सबैलाई अवगत नै छ।दुई हप्ताको सुत्केरी देखि बालबालिका,बृद्धबृद्धा हरुको त्यो हृदयविदारक अवस्था र कयौं खेतियोग्य जमिन पुरिएको हामी सबैले देखेका छौँ ।
पानी रोकिए पछि र खोला कम भए पछि वडा नम्बर ५ को वडा अध्यक्ष ज्यु, भिमफेदी गा.पा. अध्यक्ष हिदम लामा ज्यु स्वयम् यस ठाउमा अनुगमनमा आउनुभएकै हो ।त्यो बिपदको समयमा गा.पा.अध्यक्ष ज्यु ले बस्तीमा पुनर्वास गराउनु भन्दा अन्यत्रै सार्न पहल भैरहेको र प्रदेश र संघ सरकारसँग समन्वय गरेर बस्ती नै स्थानान्तरण गर्नुपर्ने धारण राख्नुभएको थियो। तर अहिले लगभग एक बर्ष बितिसक्दा पनि यो ठाउँमा न कुनै जनप्रतिनिधि फर्केर आईपुगे न त गा.पा. बाट यस बस्तीको लागि कुनै चासोका साथ हेरियो !!!
गा.पा.काको वडा नम्बर ७ सितपोखरी मुनिबाट आउने भेलबाढी,महादेवस्थान पाखामा उत्खनन भैरहेको खानि( बाबा माईन्स एण्ड मिनरल्स प्रा.ली.) , भिमफेदी कोगटे हुदै काठमाडौं जोड्ने निर्मानधिन सडकखण्डको कारणले गर्दा यो ठाउँमा यस बर्ष पनि अघिल्लो बर्षको भन्दा भयावह अबस्था सिर्जना हुने प्रबल सम्भावना छ। अब यो बर्ष पनि अन्तिम अबस्थामा स्काभेटर खोज्न दौडनुपर्ने बिकल्प बाहेक अरु केही छैन।
यस बस्तिलाई सबैभन्दा धेरै जोखिम बर्खायाममा सितपोखरी मुनिबाट आउने भेलबाढीले हुने भएको हुदा उक्त ठाउबाट बगेर आउने भेलबाढीलाई नियन्त्रण गरि बस्तीको अगाडि प्रमुख खोलामा मिसाउन सकियो भने दिर्घकालिन रुपमा यस बस्ती बचाउ हुने भएकोले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मैले एउटा पत्र लेखे पनि मेरो व्यक्तिगत व्यस्तताको कारणले त्यो पत्र सम्बन्धि निकायमा बुझाउन नसकिय पनि यहि बिज्ञप्ती मार्फत सबैलाई जानकारी गराउन चाहान्छु।
यदि सितपोखरी मुनिबाट बर्खामा मात्रै बग्ने भेलबाढि लाई नियन्त्रण गर्न सकिएमा बस्ती स्थानान्तरणको झमेलामा पर्नु नपर्ने कुरा पनि सम्बन्धित निकायलाई अवगत गराउन चाहान्छु।”
गाउपालीकाले भीमफेदी ईलाका प्रहरी कार्यालय प्र.नि. सुरेन्द्र श्रेष्ठलाई आउदाे बर्षात बाट हुने बिकराल समस्या संग जुझ्न आबश्यक दैबि प्रकोप बचाव तयारी योजना बनाउन र गाउपालिका संग रहेको रेस्क्यु सामान बुझन सुझाई सकेको छ।