
रोकिएन बिना पासका सवारी साधन,निर्बाध आवागमन ।
भीमफेदी
२०७७ जेष्ठ २
कोविद १९ कोरोना भाईरस महामारी ले उच्च संक्रमण चलेको बेला नेपाल सरकारले कडाईका साथ लागू गर्न निर्देशन गरेता पनि भीमफेदी गाउपालीका मुख्य जारमा बिना सवारी पास रआवत जावत गर्ने मोटर साईकल, टेम्पु, कार्यालयका साधन तथा स्थानियका सवारी साधन भने निर्वाध सञ्चालनमा रहेको छ ।दृश्यले भीमफेदी लाई कोरोनाले प्रभाबित गर्दैनकी भन्ने महसुश जताई रहेको छ ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरक्षक राम बालक राय लाई किन यसरी यातायात साधनको आवागमन रोकिएन भन्ने अनुरोधमा जेष्ठ २ गते बाट सबै आवागमन निशेध हुने र स्थानियले पनि बिना आबश्यक सवारीसाधन सञ्चालन गरेमा जुन ठाउँमा साधन भेटिन्छन् त्यहि लक गर्ने बताएता पनि बिहानै देखि सवारी साधन सञ्चालनमा रहेको छ ।
सवारी साधन भने निर्वाध सञ्चालनमा रहने घर अगाडिको पेटिमा विश्राम गरि रहेको नागरिक हरूलाई भने घरभित्र जान र ढाेका लगाउन गस्तीमा रहेका प्रहरीले अनुराेध गर्दै हिंडडा याे कस्तो लकडाउन भनी आश्चर्यजनक मानेका छन् ।
अति आबश्यक खाधान्न ढुवानी यातायात,दुग्ध जन्य ढुवानी यातायात तथा तरकारी ढुवानी यातायात साधन लाई खुल्ला भनेता पनि दूध बाेकेर माेटरसाईकलमा बिक्रि गर्ने,तरकारी ढुवनी भनी पर्चा टासेर औहर दोहर खाली टेम्पुको आवागमन हुंदा नी प्रशासन मौन रहेको छ ।
कर्मचारीलाइ बिहान ९:३० सम्ममा कार्यालय पुग्न कर्मचारी परिचय पत्र सहित अनुमती भए पनि अन्य समयमा समेत परिचयपत्र झुण्डायर सडकमा सवारी साधन सञ्चालनमा रहेको देखीन्छ ।
खाधान्न बिक्रि पसल ,तरकारी बिक्री पसल,बिहानि ७ बजे देखि ९ बजे सम्म खुल्ने अनुमती भएपनी दिनभरी नै बिक्रि गरेको छ ।नागरिक लाई ढाेका थुनेर बस्न उर्दी हुने ब्यपार खुल्ला हुंदा के नियमगमन भयो यश बिषयमा स्थानिय तहले पनि चासो दिएकाो देखीन्दैन ।
आज देखि सबै किसिमका पास रद्ध भएको अबस्थामा बिना पास र अनावश्यक सवारी साधन फेला परेमा साधन लाई यथा स्थानमा राखी चाबि प्रशासनले लिने भन्ने जानकारी प्रहरी निरक्षक राम बालक राय ले बताउनु भएको छ । प्रसासनिक अनुगमन भन्दा पनि नागरिक सचेत हुनु पर्ने उहाको सुझाब छ ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।