
भीमफेदी
https://bhimphedicablenetwork.com.np/
२०७७ बैशाख १४
भीमफेदी गाउपालीकाले दोश्रो चरणमानौसय त्रियासी घर परीवार लाई खाधान्न राहत बितरण गर्ने भएको छ ।यस अगाडि भीमफेदी गाउपालीकाले दुई सय दस अति बिपन्न परिवार लाई खाधान्न राहत बितरण गरेको थीयो ।
गाउपालिकाका एक देखि नौ वडा बाट नामाबली संकलन कार्य सकेको र अन्तिम नामाबली छनौट पश्चात् आाजै बाट राहत बितरण गर्ने योजना रहेको गाउपालीका अध्यक्ष हिदम लामा ले जानकारी गरेको छ ।
राहतमा दुइ वा दुइ भन्दा बढि परिवार सदश्य भएका लाई चामल ३० किलो,दाल ३ किलो,तेल २ लिटर,चिनि २ किलो तथा नुन २ किलो,साबुन ४ थानको प्याकेज रहेको छ ।
राहत बितरणको लागि विभिन्न क्षेत्र बाट ५९८ बोरा ३० किलोको चामल सहयोग प्राप्त भएको जनकारी गराउनु भएको छ ।
More Stories
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क बिस्तार कार्य किन शिथिल।