March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

अब भीमफेदी मा हुन्छ कोरोना परीक्षण ।


भीमफेदी
२०७६ बैशाख २
https://bhimphedicablenetwork.com.np/
कोरोना संक्रमित पुर्ब परिक्षण प्रबिधिका जांच्ने सामग्री भीमफेदी गाउंपालीकाले प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीमा उपलब्ध गराएको छ ।
भीमफेदी गाउपालिकामा हाल सम्म बिदेश लगायत अन्यत्र जिल्ला बाट समेतआएका बाईस नागरिक छन् ।पहिलो चरणमा ती नागरिक लाई भीमफेदी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र मा उपलब्ध गराइ स्वाव परिक्षण गर्ने र त्यस परिक्षणमा कोरोना पाजेटिभ देखाएमा थप परिक्षणको लागि काठमाडौ टेकुमा पठाउने ब्यबस्था गर्ने जनाएको छ ।हाल उक्त परिक्षण किड २० थान प्राप्त भएको स्वास्थ्य संयोजक रामनाम थींग ले बताउनु भयो ।
यसै गरि गाउपालिकाले गाउंपालिकामा लामो समय देखि दिर्घ रोगको औषधि सेवन कर्ता लाई लकडाउनको कारण औषधि सकेका र खरिद गर्न नसकेका लाई आफ्नो नजिकको स्वास्थ्य केन्द्रमा दर्ता गराउन अथवा गाउपालिकाले सिफारिस गरेका स्वास्थ्यकर्मी को मोबाइल नं मा जानकारी गरे घरदैलोमा औषधि पुराउने कार्यलाई तिब्रता दिएको छ आजै मात्र तेस्ता औषधि सेवन कर्ता मनोरोगी,मधुमेह तथा अस्थामा दम र उच्चरक्तचापका औषधि घर दैलाोमा सेवा प्रदान गरेको गाउपालिका प्रशासन बिभाग प्रमुख ध्रुब प्रसाद लामीछाने ले बताउनु भएको छ ।