March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउपालिकाले आंशिक अति बिप्पन्न नागरिक लाई राहत ब्यबस्थापन गर्ने ।

भीमफेदी गाउपालिकाले आंशिक अति बिप्पन्न नागरिक लाई राहत ब्यबस्थापन गर्ने ।
भीमफेदी
२०७६ चैत्र २४
नेपाल सरकारले तेश्रो चरणको”लकडाउन”घोषणा गरे लग्गतै भीमफेदी गाउपालिकाले मिति २०७६ चैत्र २५ गते बाट राहत प्याकेज घोषणा गर्ने भएकाे छ ।
राहत प्याकेज पारिवारिक लगत अनुसार दुई प्रकारकाो हुने छ ।पारिवारिक संख्याको आधारमा प्याकेज बर्गिकरण हुने भनिएको छ ।
हाल तेश्रो चरणको “लकडाउन” घोषणा अनुसार २०७७ बैशाख ३ सम्मको अबधि तोकेको छ।आबश्यकता अनुसार अझ लम्बिने आशंका जनमा छाएकाे छ ।
हालको अबस्थामा राहत प्याकेजमा मन्सुली सोना ३० केजी दाल ३ केजी चिनि २ केजि,नुन २ केजि,सावुन २ थानर तेल २ पाकेट रहने बताएको छ ।
सरकारको राहत शिफारिस मापदण्डअनुसार भीमफेदीले “ख” बर्गिकरण अनुसार दैनिक ज्याला मजदुर जस्काे अन्य आयश्रोत छैन्, जग्गा जमिन उब्जनि छैन,बृद्धअबश्था छ स्याहार गर्ने सन्तान वा आफन्त छैन,अपांग छ तर संरक्षक छैन,एकल महिला छ तर आय गर्ने काेहि छैन र जग्गा जमिन छैन उस्को लागि सरकारले राहत ब्यबस्था गरेको छ वडामा नागरिक शिफारिस कार्यक्रम सकिएको जनाएको छ ।
यसै गरि भीमफेदी गाँउपालिकालाई सो गाँउपालिका वडा नं–४ का समाजसेवी सरोज थापा र अहेव संघ मकवानपुर जिल्ला सदस्य एवम् लामा हेल्थ क्लिनिक सञ्चालक विशाल लामाले संयुक्त रुपमा कपडाको मास्क र हात धुने साबुन सहयोग गरेको छ।
व्यक्तिगत खर्चमा भीमफेदी गाँउपालिकाका स्थानीयहरुलाई वितरण गर्न ४० हजार बराबरको मास्क र साबुन गाँउपालिकाका प्रशासकीय अधिकृत जीवन कुवररलाई हस्तान्तरण गरिएको हो