
महेन्द्र मा.बि. भीमफेदी एस.ई.ई. परीक्षा सञ्चालन पुर्ण तयारी ।
भीमफेदी
२०७६ चैत्र ५
भीमफेदी गाउपालीका एक मात्र एस.ई.ई. परीक्षा केन्द्र महेन्द्र माध्यामिक बिधालय भीमफेदीले परीक्षा सञ्चालन सम्पुर्ण प्रकृया तयारि गरेकाे बिधालय प्रधान अध्यापक तथा परीक्षा केन्द्र अध्यक्ष कुमार लामा ले बताउनु भएकाे छ ।
गढि गाउपालिका बुढिचाैर,ईन्द्रसराेबर गाउपालिका सिस्नेरि सहित भीमफेदी गाउपालिका ईपा,काेगटे,सुपिङ्ग र निबुवाटारका एस.ई.ई. परिक्षार्थी हरूकाे सहभागीता रहेकाे बताए ।
बिधालयले अागन्तुक परिक्षार्थि बाँस स्थान रहेका टाेल बजारमा ईलाका प्रहरी कारयालय भीमफेदी , क्षेत्रीय कारागार सशस्त्र प्रहरिकाे सुरक्षा गस्ती रहने तथा प्राथमिक स्वास्थ्य केन्द्र चाैबसै घण्टा अापतकालिन उपचार कक्ष सहित खुल्ला रहने बताउनु भएकाे छ ।परीक्षा केन्द्र मा सम्पुर्ण बिधार्थि,सुरक्षा , अनुगमन कर्ता लाई भीमफेदी गाउपालीका ले मास्क तथा सफाई सामग्री सहयाेग गरेकाे बताईएकाे छ ।
यस पटक क्षेत्रीय कारागार भीमफेदी बाट चार जना बन्दी ले समेत एस.ई.ई. परीक्षा दिदै छन।क्षेत्रीय कारागार प्रमुख प्रकाश खनालले कारागार भित्र परीक्षा दिने स्थान लगायत अाबश्यक पुर्बाधार तयार गरि सकेकाे बताउनु भएकाे छ ।क्षेत्रीय कारागार भीमफेदी अल्लग्गै परीक्षा केन्द्र ताेकिएता पनि उक्त केन्द्र म.मा.बिधालय केन्द्र बाटै निरक्षण गर्ने बताएकाे छ ।परीक्षा २०७६ चैत्र ६ गते बिहान ८ बजे बाट सञ्चालन हुने छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।