March 23, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउंपालिकामा दादुरा-रुवेला खोपको अभियानको दोस्रो चरणमा

भीमफेदी
२०७६ फागुन २८
भीमफेदी गाउपालिका स्वास्थ्य शाखाले अाज एक समाराेह बिच दादुरा-रुवेला खोप अभियानको बारे गाउपालिका वडा तहका पदाधिकारि गाउपालिका मा रहेका स्वास्थ्य प्रदायक संस्थाका प्रमुख तथा सराेकार वाला हरूलाइ अभिमुखिकरण जानकारी कार्यक्रम अायाेजना गरेकाे छ ।
गाउपालिका अध्यक्ष हिदम लामाकाे उपस्थितिमा कार्यक्रम सम्बन्धि सहजिकरण प्रशासन अधिकृत ध्रुब प्रसाद लामिछाने तथा स्वास्थ्य संयाेजक रामनाम थिङ्ग ले गर्नु भएकाे थीयाे ।
दादुरा-रुवेला खोपको अभियानको दोस्रो चरणमा भने भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गते सम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गते सम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गते सम्म, थाहानगरमा भने १५ गतेबाट २३ गते सम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गते सम्म अभियान सञ्चालन हुने जनाईएको छ ।